एफएनसीसीआई निर्वाचन : एसोसिएट समूहका १७ सदस्य निर्वाचित, उपाध्यक्ष र महिला सदस्यको गणना सुरु

लोकपथ
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) मा नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनअन्तर्गत एसोसिएट समूहको सदस्य पदको मतगणना सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार उक्त समूहबाट १७ जना उम्मेदवार विजयी भएका छन् ।

सबैभन्दा बढी मत प्राप्त गर्दै सचिन ढकाल १,३१८ मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन् । त्यसैगरी हेमन्त गोल्छाले १,२०२ मत र अम्बिकाप्रसाद पौडेलले १,१८३ मत प्राप्त गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् ।

विजयी उम्मेदवारहरूको सूचीअनुसार शक्तिकुमार वेगानी (१,१४२), उज्जवलकुमार श्रेष्ठ (१,१४०), ऋषि अग्रवाल (१,१२२), सुशील थापा (१,०९४), राजेशकुमार अग्रवाल (१,०८२), सुयस प्याकुरेल (१,०६९), रामशरण भण्डारी (१,०४३), बाबुकाजी कार्की (१,००६), देवराज रेग्मी (९५४), बाबु लामिछाने (८६०), ढोलप्रसाद अधिकारी (८५८), गोपाल खनाल (८०४), भरत रानाभाट (७८८) र देशबन्धु बस्नेत (अजित) (७७८) विजयी भएका छन् ।

निर्वाचन समितिले सदस्य पदको मतगणना सकिएसँगै अब एसोसिएट उपाध्यक्ष तथा महिला सदस्यतर्फको मतगणना अघि बढाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?