दक्षिण भारतमा पटाका कारखाना विस्फोट : १३ जनाको मृत्यु

लोकपथ
42
Shares

काठमाडौं । दक्षिण भारतको केरला राज्यको थ्रिसुर जिल्लास्थित मुन्दाथिकोड क्षेत्रमा रहेको एक पटाका बनाउने कारखानामा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

विस्फोटमा करिब दुई दर्जन मानिस घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घटना हुँदा कारखानामा करिव ४० जना कामदार कार्यरत थिए । पटाकाहरू स्थानीय चाड थ्रिसुर पुरमका लागि बनाइँदै थियो ।

यो घटना तामिलनाडुको विरुधुनगरमा दुई दिन अघिमात्रै भएको पटाका कारखानामा यस्तै विस्फोटमा २५ जनाको मृत्यु भएलगत्तै घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?