अमेरिकी सेनाद्वारा प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा, इरानी कच्चा तेल तस्करीको आशंका

लोकपथ
84
Shares

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले इरानी कच्चा तेल तस्करीमा संलग्न रहेको आशंकामा एक प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको छ ।

मन्त्रालयका अनुसार एमरटी टिफानी नामक राज्यविहीन तेल ट्याङ्करलाई अमेरिकी इन्डो–प्यासिफिक कमान्डको कार्यक्षेत्रभित्र रातको समयमा गरिएको कारबाहीमार्फत नियन्त्रणमा लिइएको हो । उक्त जहाजमाथि लामो समयदेखि प्रतिबन्ध लाग्दै आएको बताइएको छ ।

अमेरिकी पक्षले जहाज इरानी कच्चा तेलको अवैध ढुवानीमा संलग्न भएको प्रारम्भिक अनुमान गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसैबीच, इरान र अमेरिकाबीच हाल युद्धविराम कायम रहेको उल्लेख छ । उता, हर्मुज जलडमरूमध्य क्षेत्रमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय तेल बजारमा अस्थिरता बढेको विश्लेषकहरूले बताएका छन् । घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?