इजरायल र लेबनानबीच १० दिने युद्धविराम लागू, के अब होला त युद्ध विराम ?

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । लेबनानमा आज बिहानदेखि १० दिने युद्धविराम लागू भएको छ । यससँगै इजरायली सेना र हेजबुल्लाहबीच जारी लडाइँ अस्थायी रूपमा रोकिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युद्धविराम लागू भएसँगै अमेरिका र इरानबीचको शान्ति वार्तामा देखिएको मुख्य अवरोध हटेको छ ।

युद्धविराम सुरु हुनुअघि केही घण्टासम्म दुवै पक्षबिच आक्रमण जारी थियो ।

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको रूपरेखाअनुसार इजरायलले आत्मरक्षाका लागि आवश्यक कदम चाल्न पाउनेछ, तर लेबनानमाथि जमिन, आकाश वा समुद्रबाट आक्रामक कारबाही गर्ने छैन ।

यसैबीच डोनाल्ड ट्रम्पले इरानसँग यसै सप्ताहन्तमा पुनः प्रत्यक्ष वार्ता हुन सक्ने बताएका छन् ।

लेबनानी अधिकारीहरूका अनुसार हालको द्वन्द्वमा २१०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । उता इजरायलतर्फ दुई नागरिकसहित कम्तीमा १३ सैनिकको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?