अवैध लागूऔषधसहित एक जना पक्राउ

लोकपथ
140
Shares
एआई तस्बिर

काठमाडौं ।  अवैध लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सिन्धुली कमलामाई नगरपालिका–८ बस्ने २५ वर्षीय अनिल भट्टराईलाई बुधबार बिहान  पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१-००६ ख ५२३७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?