कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि, महाधिवेशनबारे विवाद कायमै

लोकपथ
210
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बैठकमा पार्टीभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी रहने बताइएको छ । पछिल्ला बैठकहरूमा महाधिवेशनको समय र प्रकृतिलाई लिएर फरक–फरक मत देखिँदै आएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गर्नुपर्ने धारणा राख्दै आएका छन् भने संस्थापन पक्ष भने नियमित महाधिवेशनमै जानुपर्ने पक्षमा उभिएको छ ।

महाधिवेशनको मोडालिटीबारे सहमति जुटाउने प्रयास स्वरूप बैठक निरन्तर जारी राखिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?