काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले आफू कुनै पनि दलको सदस्य नरहेको दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कुलमानले सो दाबी गरेका हुन् । जबकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलमानलाई उपसभापति बनाएको छ ।
गत पुस १४ गते भएको सहमति अनुसार कुलमानलाई रास्वपाले उपसभापति बनाएको छ ।
कुलमानको संरक्षणमा रहेको उज्यालो पार्टी नेपाल र रास्वपाबिच एकता हुँदा उपसभापति पद खडा गरेर पद दिइएको थियो ।
मंगलबार नेपाल इन्जिनियर्स एशोसियसनले आयोजना गरेको ‘मन्त्रीसँग इन्जिनियरका कुरा : पेशागत मुद्दा सम्बोधन’ विषयको अन्तक्रिया कार्यक्रममा उपस्थित युवाले मन्त्री घिसिङमाथि प्रश्न गरेका थिए ।
उनले ‘तपाईँ रास्वपाको मन्त्री हो या नागरिक सरकारको मन्त्री ?’ भन्दै प्रश्न गरेका थिए । ती युवाले थप प्रश्न गर्न लागेपछि कार्यक्रम आयोजकले कार्यक्रममा राजनीतिक प्रश्न गर्न नपाईँने भन्दै रोकेका थिए ।
तर कुलमानले ती युवाको प्रश्नको संक्षिप्त उत्तर दिँदै भने, ‘आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन ।’
त्यसो त जेनजीको आन्दोलनको बलमा बनेको नागरिक सरकारका मन्त्रीहरु दलमा लागेको भन्दै आलोचना भइरहेको छ ।
मन्त्री घिसिङसहित खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई प्रधानमन्त्री कार्कीले राजीनामा दिन समेत निर्देशन दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया