काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा तनावको स्थिति सिर्जना भएको छ ।
पार्टी कार्यालयमा प्रवेश नपाएको भन्दै कार्यकर्ताहरुले आक्रोश व्यक्त गरे । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भाग लिन नेताहरु पुग्दा विशेष महाधिवेशन चाहियो भन्दै नेताहरुमाथि समेत ठेलमठेल गरेका छन् ।
बैठकमा सहभागि हुन पुगेका कांग्रेस नेता विमलेन्द्र निधि पुग्दा केही आक्रोशित कार्यकर्ताहरुले ‘विशेष महाधिवेशन नभए तपाईँलाई छाड्दैनौँ’ भन्दै आक्रोश व्यक्त गरे ।
भीडबाट सुरक्षाकर्मीको सहयोगमा पार्टी कार्यालय प्रवेश गरेका निधि समेत आक्रोशित रुपमा प्रस्तुत भएका थिए ।
त्यसो त उनीहरुले निधिसहित प्रकाशमान सिंह, प्रकाशमान सिंह, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ लगायत संस्थापनका ७ भाईको नामले चिनिएका नेताहरुविरुद्ध नाराबाजी समेत गरे ।
कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै गइरहेको छ ।
संस्थापन पक्षले फागुन २१ को निर्वाचनअघि महाधिवेशन नहुने दाबी गरिरहँदा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतले भने आगामी पुस २७ गते विशेष महाधिवेशन गर्ने तयारी गरिरहेका छन् ।
मंगलबारबाट सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया