काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका २५ केन्द्रीय सदस्यको समूहले डा. शेखर कोइरालासँग भेट गरेका छन् ।
मंगलबार बिहान विशालनगरस्थितक डा. कोइरालाको सचिवालयमा उक्त समूहले कोइरालासँग भेट गरेको हो ।
२ घण्टा भन्दा बढी भएको भेटमा महाधिवेशन विवादबारे मध्यमार्गी विकल्प निकाल्ने गरी डा. कोइरालासँग छलफल भएको हो ।
डा. कोइरालाले निर्वाचन नजिकिएका बेला विशेष महाधिवेशन गर्दा पार्टीलाई क्षति पुग्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।
तर केन्द्रीय सदस्यहरुको समूहले भने निर्वाचन अघि नेतृत्व परिवर्तन नगरी निर्वाचन जाँदा पार्टीलाई थप घाटा पर्नेबारे अवगत गराएका थिए ।
उक्त समूहले यसअघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग समेत भेट गरेको थियो ।
कांग्रेसको संस्थापन पक्षले फागुन २१ को निर्वाचनअघि महाधिवेशन सम्भव नभएको दाबी गरिरहेको छ । तर संस्थापन पक्षका उदयशमशेर राणा, राजेन्द्रकुमार केसी लगायतका नेताहरुले भने विशेष महाधिवेशन गरेरै भए पनि नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया