काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने विश्वास व्यक्त गरेकी छन् ।
राजनीतिक दल र युवा पुस्ताबीचको निरन्तर सम्वादले मुलुक तोकिएकै मितिमा निर्वाचन हुने अवस्था पुगेको उनको भनाई रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न हुने अवस्थामा मुलुकलाई पुर्याउन योगदान दिएको भन्दै राजनीतिक दल, निर्वाचन आयोगलगायतप्रति आभार समेत व्यक्त गरिन् ।
उनले भनिन्, ‘मुलतः सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्न यो सरकार गठन भएको सबैलाई विदितै छ । सरकार, राजनीतिक दल तथा युवाहरुसँग निरन्तर सम्वाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पनि हामी पुगेका छौँ । यसका लागि म सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोगलगायतका सरोकारवालाहरुप्रति हामी आभारी छौँ । नेपालको राजनीतिमा ७५ वर्षमा आधा दर्जन जति परिवर्तनकारी राजनीतिक आन्दोलन भए । यस अवधिमा अन्तरिमसहित ५ पटक संविधान नयाँ बने । तर तत्कालीन समयमा उत्कृष्ट मानिएका धेरै राजनीतिक परिवर्तन पनि दिगो हुन सकेन । किनभने यी राजनीतिक परिवर्तनले समयानूकूल आम नागरिक जिविकामा सुधार गर्न सकेन । पेशा, व्यवसाय र रोजगारीका अवसर पर्याप्त भएन । हाम्रा आचरण र व्यवहार पनि न्यायपूर्ण हुन सकेन । परिणाम त नागरिकममा निराशा विष्फोटमा परिणत हुन पुग्यो ।’
प्रधानमन्त्री कार्कीले जनताका निराशालाई सम्बोधन गर्न नसक्दा मुलुक विभिन्न संकटको चपेटामा फस्ने गरेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया