महाधिवेशनको संघारमा पोखरेल समूहको युवा भेला, सुरक्षा तयारी तीव्र

लोकपथ
224
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नजिकका युवाहरू आज विशेष भेला गर्दैछन् । पार्टीभित्र सुरक्षा रणनीति र महाधिवेशन व्यवस्थापनलाई केन्द्रमा राखेर यो भेला आयोजना गरिएको हो ।

भेला बिहान साढे ११ बजेदेखि काठमाडौंस्थित काठमाडौं ब्याङ्क्वेटमा सुरु हुनेछ । महाधिवेशनका नेता तथा प्रतिनिधिहरूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा विस्तृत योजना र रणनीति तयार पार्ने उद्देश्य राखिएको बताइएको छ ।

भेलामा पोखरेल पक्षधर युवा कार्यकर्तासँगै पदाधिकारी तहका नेताहरू पनि सहभागी हुनेछन् । उनीहरूले महाधिवेशन अवधिभर सुरक्षा समन्वय, आवतजावत व्यवस्थापन तथा आकस्मिक स्थिति नियन्त्रणका उपायहरूबारे छलफल गर्ने कार्यक्रम रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?