काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
सुनको मूल्यले डेढ महिनाअघिको सो रेकर्ड तोड्न नसकिरहेका बेला चाँदीको भाउले चार दिनयता दैनिक नयाँ रेकर्ड बनाइरहेको छ ।
बुधबार चाँदी एकै दिन तोलामा ११० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५४५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ६५५ रुपैयाँ पुगेको छ । गत आइतबारदेखि चाँदीले दैनिक नयाँ रेकर्ड बनाइ बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया