प्रभु बैंकका सीईओ शेरचनसहित ३ जनामाथि अनुसन्धानका लागि ५ दिन म्याद थप

लोकपथ
168
Shares
उच्च अदालत पाटन

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहितका व्यक्तिहरुलाई अनुसन्धानका लागि थप ५ दिनको म्याद थप भएको छ ।

आइतबार अवैधानिक रुपमा बैंकको रकम अपचलन गरेको तथा ठगीको कसुरमा सीईओ शेरचनसहित डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ पक्राउ परेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुमाथि अनुसन्धानका लागि आइतबार पक्राउ गरेको हो ।

सीईओ शेरचनसहित तीनै जनामाथि थप अनुसन्धानका लागि म्याद थप गर्न उच्च अदालत पाटन लगिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको संयुक्त इजलासले म्याद थप गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?