काठमाडौं । आइएमई लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको । लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा साधारण सभामा मंगलबार काठमाडौंमा सम्पन्न भएको हो ।
अध्यक्ष ढकाललेसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवदेन सर्वसम्मत रूपमा पारित भएको छ ।
सभामा अध्यक्ष ढकालले आइएमई लिमिटेड रेमिटेन्स सेवा उद्योगमा अग्रणी कम्पनीको रूपमा स्थापित भएको र सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा रहन सफल भएकोमा सबै सम्बन्धितलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
उनले आगामी दिनहरूमा नयाँ प्रविधि र रणनीतिहरूको सहायताले व्यावसायिक हिस्सा विस्तार गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
अध्यक्ष ढकालले प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवाको थप विस्तार र विविधीकरण गर्दै आइएमईलाई पूर्ण वित्तीय समाधान प्रदायक कम्पनीको रूपमा विकास गर्ने नीति लिइने बताए ।
सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका संस्थापक अध्यक्ष चन्द्र प्रसाद ढकालले २५ वर्षको यात्रामा आइएमई लिमिटेड थप परिपक्व बन्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याउँदै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु गौरवपूर्ण क्षण भएको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवा अझ सरल, सहज र सुरक्षित बनाउने लक्ष्य रहेको जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया