काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पार्टीको तत्कालीन कार्यनीति भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले देशलाई थप संकटमा जान नदिन निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।
उनले भने, ‘हाम्रो अहिलेको तत्कालीन कार्यनीति घोषित मितिमा निर्वाचन सम्पन्न होस् भन्ने बनाएका छौँ । यदि निर्धारित मितिमा निर्वाचन सम्पन्न भएन भने देश अनिश्चितता र अन्यौलतिर धकेलिने खतरा छ ।’
श्रेष्ठले निर्वाचन सम्पन्न गर्न सरकार र सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनका अनुसार तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकारले दृढता देखाउनुपर्ने र त्यसका लागि सबै दलले सहकार्य गर्नुपर्ने आवश्यकता छ ।
उनले भने, ‘कतिपय राजनीतिक दल अहिले पनि अलमलमा छन् । उनीहरूलाई हामी अपिल गर्न चाहन्छौँ घोषित मितिमा निर्वाचन सम्पन्न गर्नैपर्छ । त्यस उद्देश्यका निम्ति यो सरकारलाई सफल पार्नु आजको आवश्यकता हो ।’
श्रेष्ठले निर्वाचन सम्पन्नका लागि सरकारले आवश्यक वातावरण निर्माण गर्न र निर्वाचन आयोगले तयारीलाई तीव्र बनाउन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया