नेशनल लाइफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम पोखरामा सम्पन्न

लोकपथ
119
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूको सम्मान र प्रेरणाका लागि पोखरामा ‘सफलताको सुरुवात’ नामक कार्यक्रम सम्पन्न गरेको छ ।

१ रात २ दिनको यो कार्यक्रम पोखराको होटल पोखरा ग्राण्डमा आयोजना गरिएको हो ।

कम्पनीले २०८२ साल भदौ महिनाको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई सम्मान गर्न उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपालका महानायक राजेश हमाल विशेष अतिथिका रूपमा सहभागी थिए । उनले आफ्नो संघर्ष र सफलताको अनुभव सुनाउँदै मेहनत, इमानदारी र निरन्तरताले मात्र सफलता सम्भव हुने बताए ।

नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरू कम्पनीको मुख्य आधार भएको उल्लेख गर्दै, उनीहरूको क्षमता र मनोबल बढाउन यस्ता कार्यक्रम निरन्तर गर्ने बताए ।

कार्यक्रममा देशभरिबाट करिब ३०० जना उत्कृष्ट अभिकर्ताहरू सहभागी भएका थिए । उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो । साथै, कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले बिक्री सीप र व्यावसायिक दक्षता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा मनोरञ्जनात्मक प्रस्तुति पनि गरिएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले आफ्नो आत्मविश्वास र पेसागत सीप बढाउन सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?