भदौ मसान्तसम्म बजेट खर्च ९.१७ प्रतिशत, राजस्व संकलन १०.४३ प्रतिशत

लोकपथ
308
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्म सरकारले कुल बजेटको ९ दशमलव १७ प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालुतर्फ ९.६७ प्रतिशत, पुँजीगततर्फ १।५६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १५.८९ प्रतिशत बजेट खर्च भएको छ ।

यस वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको कुल बजेट ल्याएकोमा भदौ मसान्तसम्म १ खर्ब ८० अर्ब १७ करोड ४ लाख रुपैयाँ खर्च भइसकेको छ । 

चालु खर्चको लागि ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरिएकोमा १ खर्ब १४ अर्ब १८ करोड ७२ लाख खर्च भएको छ । 

पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा ६ अर्ब ३५ करोड ३३ लाख खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजनमध्ये ५९ अर्ब ६२ करोड ९९ लाख खर्च भएको छ ।

त्यसैगरी, सरकारले चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको १०.४३ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आवका लागि कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा हालसम्म १ खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख संकलन भएको छ ।

कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने लक्ष्य रहेकोमा ११.३५ प्रतिशत अर्थात् १ खर्ब ५० अर्ब ४० करोड १३ लाख रुपैयाँ असुली भएको छ । गैरकरतर्फ वार्षिक लक्ष्य १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रहेकोमा ४.६२ प्रतिशत अर्थात् ७ अर्ब १३ करोड २१ लाख उठेको छ ।

यस्तै, वैदेशिक अनुदानमा सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ उठाउने लक्ष्य राखेकोमा हालसम्म २.३८ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ३७ लाख रुपैयाँ मात्र प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?