बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

लोकपथ
532
Shares

काठमाडौं । नेपालको इलेक्ट्रिक ह्याचब्याक बजारमा नयाँ उचाइ थप्दै साइमेक्स इंक प्रालिले बीवाईडी डल्फिन २०२५ संस्करण सार्वजनिक गरेको छ। 

बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्सले राजधानीमा आयोजना गरेको कार्यक्रममा नयाँ डल्फिन अनावरण गरेको हो।

बीवाईडी डल्फिन २०२५ मा ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गरिएको छ, जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको कम्पनीले जनाएको  छ। 

कम्पनीको अनुसार यो ब्याट्री ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने र १५ वर्षसम्मको आयु रहेको छ। एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी दिइनेछ।

बीवाईडी डल्फिन २०२५ मा बीवाईडी ई–प्लेटफर्म ३.० र ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले ३४० किमी डब्लुएलटीपी रेन्ज दिनेछ। यसमा डीसी चार्जिङ सपोर्ट छ र ३० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिने सुविधा छ।

यस संस्करणमा ट्युन गरिएको सस्पेन्सन, प्रभावशाली एलईडी हेडलाइट, उन्नत कुलिङ र हिटिङसहितको एसी सिस्टम, मोबाइल एनएफसी की, ब्लुटुथ की र प्यासेन्जर डोर स्विच जस्ता नयाँ फिचर थपिएको छ।

गाडी अहिले एटलान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइट गरी तीन रंगमा उपलब्ध छ। बीवाईडी डल्फिन २०२५ को मूल्य  ४१.१५ लाख तोकिएको छ र यसमा ७ किलोवाटको होम चार्जर पनि समावेश गरिएको छ।

सार्वजनिक कार्यक्रममा डल्फिनको विश्वव्यापी ८ लाख ३० हजार युनिट डेलिभरी पुगेको जानकारी दिइयो, जसमध्ये २ हजार ४९० युनिट नेपालमै डेलिभर भइसकेका छन्।

बीवाईडी डल्फिन २०२५ अहिले कम्पनीका शोरूम र डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?