काठमाडौं । अमेरिकाले आइतबार राति आफ्नो तीन वटा आणविक परियोजना क्षेत्रमा हमला गरेपछि इरानले आज दिउँसो इजरायलमा मिसाइल आक्रमण गरेको छ । इरानले इजरायलको राजधानी तेल अविभ नजिकै अपार्टमेन्ट भवनहरूमा मिसाइल र ड्रोनले हमला गरेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ । इरानी हमलाबाट त्यहाँका चार तला अग्ला धेरै भवनहरू खण्डहरमा परिणत भएको सिएनएनले जनाएको छ ।
अमेरिकाले इरानमा हमला गरेयता इरानले पनि इजरायलमा मिसाइल र ड्रोनले आक्रमण गरिरहेको छ ।
इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार आज मात्रै इरानको आक्रमणबाट ८६ जना घाइते भएका छन् ।
आइतबार बिहान साढे २ बजे अमेरिकाले इरानमा हमला गरेको थियो। अमेरिकाले नतान्ज, फर्दो र इस्फहानको आणविक परियोजनामा हमला गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया