नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु

लोकपथ
2.1k
Shares

काठमाडौं । नाइजेरियाको दक्षिणपश्चिमी क्षेत्रमा रहेको सैनिक अड्डामा इस्लामिक स्टेट (आइएसआइएस) ले गरेको सशस्त्र आक्रमणमा ३४ जना सैनिकको ज्यान गएको छ । मालीको सीमा नजिक पर्ने बानी बङगौ क्षेत्रमा बिहीबार भएको आक्रमणमा १४ जना सैनिक घाइते भएका छन् ।

नाइजेरियाको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार आक्रमणकारीहरूले आठवटा गाडी र २०० भन्दा बढी मोटरसाइकलको प्रयोग गरेका थिए ।

आक्रमणपछि सुरक्षाकर्मीहरूले हवाई र स्थल दुवैतर्फबाट क्षेत्रमा सर्वेक्षण सुरु गरेको जनाइएको छ । इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिँदै आफ्नै विज्ञप्ति जारी गरेको छ ।

घटनापछि क्षेत्रीय सुरक्षाको अवस्था थप गम्भीर भएको र सुरक्षा संयन्त्रलाई अझ सतर्क रहनुपर्ने अवस्था देखिएको मन्त्रालयले जनाएको छ । घटनासम्बन्धी थप विवरणहरू प्रतीक्षारत रहेको समेत मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?