ट्रम्पले दुई साताभित्र इरानमाथि हमला गर्ने कि नगर्ने भन्ने निर्णय लिने

लोकपथ
399
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा इरानमाथि हमला गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय लिने भएका छन् ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार पत्रकार सम्मेलनका क्रममा यस्तो बताएकी हुन् ।

राष्ट्रपतिले आफूलाई स्पष्ट सन्देश दिएको भन्दै उनले निकट भविष्यमा इरानसँग वार्ता हुने की नहुने भन्ने स्पष्टता नरहेको बताइन् ।

साथै अमेरिका र इरानबिच पत्राचार जारी रहेको उनको भनाइ छ ।

केही दिन यतादेखि इरान र इजरायलबिच युद्ध जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?