नयाँदिल्ली । भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा भएको भीषण सडक दुर्घटनामा एक बालक र एक महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले बिहीबार घटनाको पुष्टि गरेको हो ।
राज्यको पुणे जिल्लास्थित जेजुरी–मोरगाँव सडकखण्डमा तीव्र गतिमा गइरहेको एक निजी कार रोकेर राखिएको अर्को गाडीमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा एक बालकसहित अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको नजिकैको सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कारको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त बनेपछि भित्र फसेका यात्रुहरूलाई निकाल्न ग्यास–कटरको सहायता लिनुपरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया