गुजरातमा भारी वर्षा : १८ जनाको मृत्यु, दर्जनौँको उद्धार

लोकपथ
805
Shares

भारत । भारतको पश्चिमी गुजरात राज्यका विभिन्न भागहरूमा सोमबारदेखि भइरहेको भारी वर्षाका कारण हालसम्म कम्तीमा १८ जनाको ज्यान गएको छ । राज्य सरकारका अनुसार विपद् प्रतिक्रिया टोलीहरू तैनाथ गरी बाढी प्रभावित तल्लो क्षेत्रहरूबाट दर्जनौँलाई उद्धार गरिएको छ ।

सबैभन्दा बढी प्रभावित पालिताना र जेसर सहरमा पछिल्लो २४ घण्टामा ८६७ मिलिमिटर (३४ इन्च) वर्षा मापन गरिएको छ ।

राज्य राहत आयुक्त आलोक कुमार पाण्डेले आँधीबेहरी, चट्याङ र संरचनाको पतनका कारण मृत्यु भएको जानकारी दिए । उनले राज्य सरकार उद्धार र राहत कार्यमा पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए ।

गढडा क्षेत्रमा आँपको बगैँचामा फसेका १८ जना खेत मजदुर र सुरेन्द्रनगर जिल्लामा बाढीले प्रभावित भएका २२ जनाको सफल उद्धार गरिएको छ ।

भारतको जुनदेखि सेप्टेम्बरसम्मको मनसुनले गर्मीबाट राहत दिँदै जलस्रोत पुनः भर्ने गर्छ । तर बाढी र भू–स्खलनका घटनाले प्रत्येक वर्ष कैयौँको ज्यान जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?