ट्रम्पले लगाए अफगानिस्तानसहित १२ भन्दा बढी देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

लोकपथ
2.9k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियाली मुलुक अफगानिस्तानसहित १२ बढी देशका मानिसलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् । ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षरसमेत गरिसकेका छन् । 

प्रतिबन्ध लगाइएका मुलुकमा दक्षिण एसियाली मुलुक अफगानिस्तानसहित इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, सुडान र यमन समावेश छन् । यस्तै सियरा लियोन, टोगो, बुरुन्डी, क्युबा, लाओस, तुर्कमेनिस्तान र भेनेजुएलालगायत सात देशका नागरिकलाई आंशिक रूपमा यात्रामा प्रतिबन्ध लगाइएका छन् । यो घोषणा सोमबार, जुन ९ बाट लागू हुनेछ । 

अमेरिकाले अमेरिकीहरूलाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउन यी प्रतिबन्धहरू लगाइएको बताएको छ । ट्रम्पले यात्रा प्रतिबन्धबारे यस्तो घोषणा गरेको यो दोस्रो पटक हो । आफ्नो पहिलो कार्यकालमा २०१७ मा पनि ट्रम्पले यस्तै आदेशमा हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?