रवि लामिछाने र छविलाल जोशीको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ

लोकपथ
371
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहने भएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि यी दुई रिटमाथि निरन्तर सुनुवाइ हुँदै आएको छ।

बिहीबारको सुनुवाइमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस प्रस्तुत गरेका थिए । त्यसपछि जोशीका कानुनी प्रतिनिधिहरूले धारणा राखेका थिए भने अन्त्यतिर सरकारी पक्षका वकिलहरूले आफ्नो बहस थालेका थिए।

सरकारका तर्फबाट गोविन्द खनाल, लोकराज पराजुलीलगायतले बिहीबार बहस गरेका थिए। आजको सुनुवाइमा पीडित पक्षका कानुन व्यवसायीहरूले बहस गर्ने कार्यक्रम रहेको छ। त्यसपछि जवाफी बहस सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?