आन्दोलनको मुखमा ४० वर्षमुनिका युवाहरुसँग संवाद गर्दै राजेन्द्र लिङ्देन

लोकपथ
987
Shares
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्ष मुनिका विभिन्न पेशागत आवद्ध युवाहरुसँग संवाद गर्ने भएका छन् ।

राप्रपासहित राजावादी शक्तिहरुले आगामी जेठ १५ गते काठमाडौंमा बृहत आन्दोलन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा राप्रपा अध्यक्ष लिङ्देनले विभिन्न पेसा व्यवसायमा आवद्ध युवाहरुसँग अन्तरंग संवाद गर्न लागेका हुन् ।

राप्रपाले ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा’ कार्यक्रम आयोजना गर्दैछ । आगामी जेठ १२ गते राष्ट्रिय सभामा उक्त कार्यक्रम गर्न लागेको राप्रपाले जनाएको छ ।

राजतन्त्र र हिन्दूराज्य पुनस्थापनाको मागसहित नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले आगामी जेठ १५ गते बृहत आन्दोलनको घोषणा गरेको छ । त्यसका लागि राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी शक्तिहरु आन्तरिक तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?