प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच भेटघाट

लोकपथ
707
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ ।

केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताद्वयबिच भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि सोमबार नै भेटघाट हुने भनिएको थियो । तर गभर्नर नियुक्ति प्रकरण पेचिलो बन्दा भेटघाट हुन नसकेको हो । आजको भेटमा समसामयिक विषयमा भेटघाट भएको बताइएको छ ।

त्यसो त प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएका कारण आज बाहिरको कार्यक्रमहरु समेत स्थगित गरिएको छ । आज प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहे पनि प्रधानमन्त्रीको स्वास्थ्य समस्याका कारण स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?