डाइभर्सन बगाएपछि अवरुद्ध भएको कान्ति लोकपथ एकतर्फी सञ्चालनमा

लोकपथ
756
Shares

काठमाडौं । आज बिहानबाट अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने महत्वपूर्ण सडक मार्ग कान्ति लोकपथमा साना सवारीसाधनका लागि एकतर्फी रुपमा सवारी आवागमन सञ्चालन गरिएको छ।

गएरातिको लगातार वर्षाका कारण बागमती खोलामा निर्माण गरिएको डाइभर्सन बगाएपछि सडक आवागमन पूर्ण रूपमा ठप्प भएको थियो ।

सडक मर्मतपश्चात सवारी सञ्चालन आंशिक रूपमा पुनः सुचारु गरिएको हो । प्रहरीका अनुसार निर्माणाधीन पुलमार्ग प्रयोग गर्दै कार, जिप, स्कारपियो र मोटरसाइकलजस्ता साना सवारीसाधनलाई एकतर्फी रूपमा पार गराउने व्यवस्था मिलाइएको छ।

तर ठूला सवारीसाधनका लागि भने वैकल्पिक डाइभर्सन निर्माण नहुञ्जेलसम्म आवागमनमा रोक लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?