मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने सम्भावना

लोकपथ
595
Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।

साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । आजको बैठकमा गभर्नर नियुक्त हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

लामो समयदेखि गभर्नर नियुक्त हुन नसकेको अवस्थामा सरकारको समेत आलोचना भइरहेको छ ।

गभर्नरका लागि सत्तारुढ गठबन्धनभित्र सहमति हुन नसक्दा विषय पेचिलो बनिरहेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन । समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविज्ञ डा. पोषराज पाण्डे सदस्य रहेका छन् ।

त्यसो त यसअघिका समिति सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका थिए । पौडेललाई कांग्रेसले गभर्नरका लागि अघि बढाउने संकेत गरेसँगै उनले राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?