अमेरिकी डलर घट्दा युरो र अष्ट्रेलियन डलर बढ्यो

लोकपथ
819
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ केही घटेको छ भने युरो र अस्ट्रेलियन डलरको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबार खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा थियो ।

आज युरो एकको खरिददर १५१ रुपैयाँ ३६ पैसा बिक्रीदर १५२ रुपैयाँ २ पैसा छ । मंगलबार १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा थियो ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबार एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै, आज पाउन्डस्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा रहेको छ भने यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा रहेको छ ।

दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?