२५६९औँ बुद्ध जयन्ती लुम्बिनीमा सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

लोकपथ
56
Shares

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा आज २५६९औँ बुद्ध जयन्ती समारोह तथा लुम्बिनी दिवस मूल कार्यक्रम भव्य रूपमा सुरु भएको छ। समारोहको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय तथा प्रदेश सांसद, विभिन्न देशका राजदूत, भिक्षु-भिक्षुणी, उपासक–उपासिका तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ।

बुद्ध जयन्तीको अवसरमा आइतबारदेखि नै लुम्बिनीमा विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । मूल समारोहअगावै बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभायात्रा निकालिएको थियो।

लुम्बिनी विकास कोषले बुद्ध जयन्ती कार्यक्रम आयोजना गर्नका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आजको मूल समारोहपछि भोलि मंगलबारसम्म कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा विशेष कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?