पाकिस्तानी प्रधानमन्त्रीले बोलाए राष्ट्रिय कमाण्ड प्राधिकरणको आकस्मिक बैठक

लोकपथ
3.2k
Shares

काठमाडौं । भारतसँगको सैन्य तनाव थप चर्कंदै जाँदा पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शनिबार बिहान राष्ट्रिय कमाण्ड प्राधिकरणको आकस्मिक बैठक बोलाएका छन् ।  

पाकिस्तानी सेनाले भारतविरुद्ध ‘अपरेशन बुनयानुन मार्सुस’ को नाममा जवाफी कारबाही सुरु गरे लगत्तै प्रधानमन्त्री शरीफले प्राधिकरणको बैठक बोलाएका हुन् ।

राष्ट्रिय कमाण्ड प्राधिकरण पाकिस्तानको आणविक हतियारसम्बन्धी नीति तथा सुरक्षाको सर्वोच्च निकाय हो । यो बैठक उच्च सैन्य तथा राजनीतिक तहमा जारी तनावको संवेदनशीलतालाई पुष्टि गर्ने संकेतको रूपमा हेरिएको छ।

बीबीसीका अनुसार पाकिस्तानले भारतबाट प्रहार गरिएका क्षेप्यास्त्रहरूका जवाफमा श्रीनगर, पठानकोट लगायतका भारतीय सैन्य ठाँउहरूलाई लक्षित गरिरहेको छ।

सेनाले जम्मू–काश्मीर क्षेत्रमा भारतीय फील्ड सप्लाई डिपो, ब्याट्री साइट, तोपखाना पोजिसन तथा एक ब्रिगेड मुख्यालयमा आक्रमण गरेको दाबी गरेको छ।

‘आँखाको बदला आँखो’ भन्ने भावनात्मक बयानसँगै पाकिस्तानले आफ्नो सुरक्षा रणनीति कडा बनाएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?