भारतले मे १५ सम्मका लागि बन्द गर्‍यो ३२ विमानस्थल

लोकपथ
1.4k
Shares

काठमाडौं । भारत र पाकिस्तानबीचको सैन्य तनावका बीच दुवै देशले आफ्ना प्रमुख विमानस्थल तथा हवाई क्षेत्रहरू अस्थायी रूपमा बन्द गरेका छन्, जसको असर अन्तर्राष्ट्रिय उडानमा व्यापक देखिएको छ।

पाकिस्तानले राति करिब ३:१५ बजे आफ्ना तीन वटा सैन्य बेसमा भारतीय वायुसेनाबाट आक्रमण भएको दाबी गरेसँगै तुरुन्तै आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय लिएको हो । पाकिस्तानको विमानस्थल प्राधिकरणका अनुसार हवाई सेवा बिहान १२ बजेसम्मका लागि अवरुद्ध गरिएको छ।

यसको केही समयपछि भारतको नागरिक उड्डयन प्राधिकरणले पनि उत्तरी तथा पश्चिमी क्षेत्रमा पर्ने ३२ विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने जानकारी दिएको छ।

दुवै मुलुकको हवाई क्षेत्र बन्द हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूमा ठुलो असर पर्ने अनुमान गरिएको छ। यात्रुहरू अलपत्र पर्ने सम्भावना बढेको छ भने वैकल्पिक मार्गको खोजी पनि सुरु भएको छ।

बीबीसीका अनुसार यस घटनाले क्षेत्रीय शान्तिमा थप अस्थिरता ल्याउने सम्भावना छ भने अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?