श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

लोकपथ
259
Shares

कोलम्बो ।  श्रीलङ्काली वायु सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैन्य कर्मचारीको मृत्यु भएको छ । 

शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुई पाइलट सहित १२ जना सवार रहेको हेलिकप्टरमा तीमध्ये ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु  हो । 

सञ्चार माध्यमका अनुसार अन्य ६ जना घाइतेहरूको अझै अस्पतालमा उपचार भइरहेको  छ ।  

श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?