काठमाडौं । भारत र पाकिस्तानबिचको जारी तनावबारे नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले कुनै पनि आतंकवादी क्रियाकलापलाई साथ नदिने अडान समेत सार्वजनिक गरेको छ ।
नेपाल आतंकवादका विरुद्धमा सधैँ उभिने भन्दै मित्रराष्ट्र भारतको पक्षमा सांकेतिक रुपमा ऐक्यबद्धता जनाएको छ ।
‘यस सन्दर्भमा स्मरणीय छ कि नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरुपमा भत्र्सना गरेको थियो, जुन आतंकवादका सबै प्रकारको विरोधमा नेपालको दृढ अडानसंग मेल खान्छ । नेपाल आतंकविरुद्धको लडाइँमा सबैसंगै उभिएको छ। आफ्नो सिद्धान्तमा आधारित अडान अनुसार नेपालले आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि दुस्मन शक्ति वा तत्वलाई आफ्नो भूमिको प्रयोग गर्न दिनेछैन,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै नेपाल तनाव न्यूनिकरण होस् भन्ने आशा राख्ने समेत बताइएको छ ।
‘नेपालले तनावको न्यूनिकरण होस् भन्ने आशा राख्दछ र यस क्षेत्रको शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया