एक्सपेङले सार्वजनिक गर्‍यो आफ्नो पहिलो ‘ह्युमनॉइड रोबोट’

लोकपथ
77
Shares

काठमाडौं । चिनियाँ ईभी कार निर्माता कम्पनी एक्सपेङले आफ्नो नवनिर्मित ह्युमनॉइड रोबोट,‘आइरन’ प्रदर्शन गरेको छ । कम्पनीले चीनमा आयोजित ‘साङघाई अटो शो’मा उक्त रोबोट प्रदर्शन गरेको हो । यो रोबोटमा एआई चिप लगाइनुका साथै ६० वटा ज्वाइन्ट, २०० डिग्रीको स्वतन्त्रता र ३ हजार टप्सको प्रोसेसिङ पावर रहेको छ ।

आफ्नो पहिलो ह्युमनॉइड रोबोट,‘आइरन’लाई कम्पनीले गत नोभेम्बरमा पहिलोपटक सार्वजनिक गरेको थियो । एक्सपेङका अनुसार ‘आइरन’को प्रयोग कम्पनीको अटोमोटिभ प्रोडक्सन लाइनमा भईरहेको छ । यो रोबोटले अब आउने कम्पनीको ईभी गाडीहरुलाई एसेम्बल गर्ने जनाइएको छ ।

यो रोबोटको उचाई ५ फिट ८ इन्च(१.७३ मिटर) रहेको छ । यस्तै यसको तौल १५४ पाउण्ड९७० किलोग्राम० रहेको छ । आइरन नाम दिइएको यो रोबोट मानिसजस्तै स्वरुपमा निर्माण गरिएको छ । यसको हात २२ डिग्री स्वतन्त्रताका साथ १ः१ स्केल अनुपातमा निर्माण गरिएको छ । जसका कारण यसले सटिक र लचक तरिकाले वस्तुहरु उचाल्न वा राख्न सक्छ ।

एक्सपेङका अनुसार यो रोबोटको एडभान्स्ड मोबिलिटी ‘इन्ड–टु–इन्ड लार्ज मोडल’बाट निर्देशित छन् । यसका साथै यसमा सुढृण सिकाई, सहज र प्राकृतिक हलचल र स्थिर भएर हिड्न सक्ने क्षमता रहेका छन् ।

आइरनको भ्वाइस इन्टर्याक्सन सिस्टम एक्सपेङको स्मार्ट ककपिटबाट लिइएको छ । जसले बौदिक र तर्कसंगत प्राकृतिक सम्वाद गर्न सहयोग गर्छ । यसका साथै, यसमा कम्पनीको ईभी सवारी साधनमा जस्तै कोर एआई सिस्टमको प्रयोग गर्दै एक्सपेङको स्वचालित सवारी प्रविधिपनि एकिकृत गरिएको छ । यसले अटोमोटिभ र रोबोटिक इकोसिस्टमबीचको दुरीलाई कम गर्न वा जोड्ने काम गरेको छ ।

यो रोबोटमा एक्सपेङको ‘ट्युरिङ एआई चिप’ र ‘टियान्जी एआईओएस’ सफ्टवेयर सिस्टम प्रयोगमा छन् । यी दुवैले संयुक्त रुपमा उन्नत बौदिक धारणा, चालढाल र अन्तरक्रिया प्रदान गर्ने गर्छन । कम्पनीले आइरनको सिस्टमले ३ हजार टप्सको प्रोसेसिङ पावर बोस्ट गरेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?