काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आफूहरुको कारणले नै राजावादीहरुको आन्दोलन ओझेलमा परेको दाबी गरेका छन् ।
शुक्रबार बिहान कास्कीमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले माओवादीले धेरै मान्छे सडकमा उतारेपछि राजावादीहरु ओझेलमा परेको दाबी गरे ।
त्यस्तै उनले गत चैत १५ गते गणतन्त्रवादीहरुले काठमाडौंको भृकुटीमण्डपमा १ लाख मान्छे एकैपटक सडकमा उतारेर व्यवस्थाको रक्षा गरेको समेत दाबी गरे ।
‘हामी प्रतिपक्षमा भएता पनि केही न केही खबरदारी गर्नुपर्छ भनेर प्रतिगमन, यथास्थितिको विरुद्धमा चैत १५ गते वृहत रूपमा सभा गर्यौ,’ महासचिव गुरुङले भने, ‘झण्डै लाखको वरिपरि अत्यन्तै शानदार, भव्य सभा गरेपछि दरवारियाहरूले जुनरूपमा राजतन्त्रको पक्षमा, संविधानको विपक्षीमा क्याम्पेन चलाइराखेका थिए । त्यसलाई ओझेलमा पार्न सफल भयो ।’
त्यस्तै पोखरा विमानस्थल निर्माणमा भएको घोटलाबारे न्यायीक छानबिन आयोग गठन गर्नुपर्ने माग समेत अघि सारे ।
‘नीतिगत छानबिनले केही न केही संकेत गरेको छ । न्यायिक छानविनको माग गरेको देखिन्छ । न्यायिक प्रकारको छानबिन गरेर कति भ्रष्टाचारी भएका छन् । उनीहरु कारबाहीको दायरामा हुनुपर्छ,’ उनले भने ।
साथै आफूहरुले पोखरा विमानस्थलको भ्रष्टाचार प्रकरणको छानबिनका लागि सरकारलाई सघाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया