अमेरिकामा दुई प्रहरीमाथि गोली प्रहार, एकको मृत्यु

लोकपथ
273
Shares

वासिङ्टन डिसी ।  अमेरिकाको जर्जिया राज्यको कोलम्बिया काउन्टीमा दुई प्रहरी अधिकारीहरूमाथि गोली प्रहार भएको छ । 

गोली लाग्ने मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जनालाई अस्पतालमा भर्ना गरिएको छ । यो घटना शनिबार साँझ भएको थियो । 

कोलम्बिया काउन्टीका दुई उप प्रहरी अधिकारीहरू कारमा यात्रा गरिरहेको सयमा ट्राफिक सिंग्लनमा कार रोकिएको समयमा एक सन्दिग्ध व्यक्तिले उनीहरूलाई गोली हानेका थिए । 

सन्दिग्ध व्यक्तिको पहिचान जेम्स ब्लेक मोन्टगोमेरीको रूपमा गरिएको छ । प्रहरीले अभियुक्तको तीव्र खोजी गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?