एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

लोकपथ
2.6k
Shares

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना बन्द गर्ने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफीसीएन्सी (डीओजीई) को निर्णय अनुसार विश्वभरका एमसीसी परियोजना बन्द हुने भएको हो ।

अमेरिकी अर्बपति एलन मस्क नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफीसीएन्सी (डीओजीई)को निर्णयअनुसार विकासशील देशहरूको आर्थिक उन्नतिका लाग दिइएको अनुदान अर्थात् एमसीसी परियोजना बन्द गर्न लागिएको हो । केन्द्रीय सरकारको खर्च कटौतीका लागि यो परियोजना बन्द गर्न लागिएको अमेरिकाले जनाएको छ ।


परियोजना बन्द गर्ने सम्बन्धमा गत मंगलबार नै एमसीसीका सम्पूर्ण कर्मचारीलाई इमेलमार्फत जानकारी गराइएको जनाइएको छ । उनीहरूलाई आगामी मे ५ बाट लागू हुने गरी बेतलबी बिदामा बस्न भनिएको छ ।


अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने निर्णय गरेसँगै नेपालमा एमसीसीले गर्ने लगानी पनि अन्योलमा परेको छ । नेपालमा एमसीसी परियोजना अन्तर्गत विद्युत् प्रसारण लाइन र मोटर बाटो बन्ने भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?