गभर्नर नियुक्ति झनै पेचिलो बन्यो, सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा

लोकपथ
2.7k
Shares

काठमाडौं । पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएपछि गभर्नर नियुक्ति थप पेचिलो बनेको छ ।

चैत ११ गते गठन भएको समितिको हालसम्म एउटा पनि बैठक बस्न नसकेको स्थितिमा उनको राजीनामाले विषयलाई थप पेचिलो बनाएको हो ।

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा भट्टराई सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल सदस्य छन् ।

गर्भनर नियुक्तिमा सत्ता साझेदार दलहरुबिच सहमति जुट्न नसकेका बेला भट्टराईको राजीनामाले सरकारलाई थप संकट आइपरेको हो ।

त्यसो त केही दिनअघि मात्रै राष्ट्र बैंक भित्रबाटै गभर्नर बनाउने गरी दुई दलका शीर्ष नेताबीच सहमति भएको खबर बाहिरिएको थियो । तर, गभर्नर छनोटमा अझै गाँठो फुक्न सकेको नसक्दा विषय पेचिलो बनेको हो ।

महाप्रसाद अधिकारीको कार्यकाल सकिएर गत चैत २५ गते राष्ट्र बैंकबाट बिदा भएपछि सो पद रिक्त रहेको छ । राष्ट्र बैंक ऐन २०५८ अनुसार बहालवाला गभर्नरको पदावधि सकिनु भन्दा एक महिना अघि नै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने भएपनि सरकारले अझै गभर्नर नियुक्त गर्न सकेको छैन ।

त्यसो त डेपुटी गभर्नर निलम तिम्सिना नै हाल कायम मुकायम गर्भनरको रुपमा रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?