५ बजे मन्त्रिपरिषद बैठक : शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी, गभर्नर नियुक्तिको सम्भावना कम

लोकपथ
3.4k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्ने भएको छ । बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।

आजको बैठकमा शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना भने कम छ । यो विषयमा गृहकार्य भइसकेको छैन । सिफारिस समितिले तीन जनाको नाम पठाएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्नेछ । चैत २५ गतेदेखि गभर्नर पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?