तीनकुने घटनामा पक्राउ परेका धवलशमशेर आजै रिहाइ नहुने

लोकपथ
2.5k
Shares

काठमाडौं । तीनकुने घटनापछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाकाे आजै रिहाइ नहुने भएको छ  ।  उनलाई उपचारका लागि छाड्ने भनिए पनि आजै रिहा नगर्ने काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराले लोकपथलाई जानकारी दिए । 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

राप्रपाका महामन्त्रीसमेत रहेका राणा क्यान्सर सर्भाइभर हुन् । उनले करिब तीन महिनासम्म भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराएका थिए । उपचार गराएर गत पुसको दोस्रो साता मात्रै उनी काठमाडौं फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?