पोखरा। प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–९ शान्ति वन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबिच व्यावसायिक सम्झौता भएको छ।
सोमबार एक कार्यक्रमकाबिच भएको उक्त सम्झौता पत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडीले बैंकप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोबारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवा मार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् ।
उक्त सम्झौताले पोखरा महानगरपालिका– ९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालित व्यवसायिहरुलाई दैनिक कारोबार नगद रहित बनाउने उद्देश्यका साथ क्युआर कोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैंकले उपलब्ध गराउनेछ ।
यसका साथै व्यवसाय विस्तारका लागि प्रभु बैंकले बैंकको व्यवसायिहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया