काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा घोषणा गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘मोबीलीटी मार्फत विकासको सशक्तीकरण’ भन्ने नारासहित नाइमाको घोषणा गरिएको हो ।
अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा टुक्रिएपछि नाइमाको घोषणा गरिएको हो । नाइमाको घोषणा कार्यक्रममा अध्यक्ष ऋतुसिंह वैद्यले अटो मोबाइल र मोबीलीटी क्षेत्रको साझा आवाजको रूपमा स्थापना गरिएको बताएका छन् ।
यस्तै, व्यवसायी सुहृदराज घिमिरेले सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए । उनले अटो मोबाइल क्षेत्रको साझा आवाजको परिमाण नाइमा स्थापना हुन पुगेको जिकिर गरे ।
उक्त कार्यक्रममार्फत संस्थापक बोर्ड सदस्यहरूको घोषणा गरिएको छ । बोर्ड सदस्यमा सुहृदराज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीपकुमार शारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा र उदयन काबरा रहेका छन् ।
नाइमाले आगामी साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल मोबीलीटी शो २०२५’ आयोजना गर्ने समेत घोषणा गरेको छ । जसको संयोजकको जिम्मेवारी गौरव सारडालाई दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया