जसले केन्द्रको साटो प्रदेशको राजनीति रोजे, कसैको फिक्स छैन मुख्यमन्त्री

 काठमाडौंँ, १९ कात्तिक – केन्द्रको राजनीतिमा रहेका धेरै नेताहरू आसन्न निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बनेका छन् । यसरी केन्द्रबाट प्रदेशमा जानेमा एमालेबाट धेरै जना नेता छन् एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिवद्वय शङ्कर पोखरेल र पृथ्वीसुब्बा गुरुङसहितका नेता प्रदेशसभाका लागि उम्मेदवार छन् । शाक्य प्रदेश ३ अन्तर्गत काठमाडौंँ – ८ को ‘ख’ बाट, पोखरेल प्रदेश ५ अन्तर्गत दाङको क्षेत्र नं. २ ‘क’ बाट र गुरुङ प्रदेश ४ लम्जुङ ‘ख’ बाट उम्मेदवार बनेकी छन् एमालेबाट पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार मन्त्री शेरधन राई, भीम आचार्य, राजेन्द्रप्रसाद पाण्डे, किरण गुरुङ र विद्यार्थी नेता राजेन्द्र राई पनि प्रदेशसभाको उम्मेदवार छन् । शेरधन र राजेन्द्र प्रदेश १ भोजपुरको क्रमश ‘ख’ र ‘क’ बाट उम्मेदवार छन् । आचार्य प्रदेश १ सुनसरीको १ ‘क’ बाट उम्मेदवार छन् एमालेबाट प्रदेशसभामा उम्मेदवार बनेका कतिपय शीर्ष नेताहरूलाई प्रदेशको मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिएको छ । कतिपय नेताले आफू मुख्यमन्त्री बन्ने घोषणा नै गरे पनि एमालेले त्यसबारे कुनै निर्णय भने गरेको छैन, आजको गोरखापत्रमा खबर छ पहिलो पटक हुन लागेको प्रदेशसभाको चुनावमा नेपाली काँग्रेसबाट निकै कम मात्र ठूला नेता प्रदेशसभामा छन् । प्रदेशसभामा उम्मेदवारी दिने काँग्रेसको माथिल्लो तहको नेता जीवनबहादुर शाही छन् । उनले प्रदेश ६ अन्तर्गत हुम्लाको ‘ख’ बाट उम्मेदवारी दिएका छन् । पूर्व मन्त्रीसमेत रहेका शाहीलाई काँंग्रेसले प्रदेशको मुख्यमन्त्रीको रूपमा अगाडि सारेको ठानिए पनि कुनै औपचारिक निर्णय भने भएको छैन कांग्रेसबाट प्रदेशसभामा सदस्य हुने अन्य राष्ट्रिय राजनीतिमा स्थापित नेताहरूमध्ये प्रदेश ३ मा जगदीश नरसिंह केसी नुवाकोट २ को ‘क’, काठमाडौं २ ‘क’ मा लोकेश ढकाल पनि छन् । त्यस्तै प्रदेश १ अन्तर्गत सोलुखुम्बुको ‘ख’ बाट आङ्गेलु शेर्पा र प्रदेश ४ अन्तर्गत तनहुँको १ ‘क’ मा विद्यार्थी आन्दोलनबाट आएका नेता प्रदीप पौडेल पनि छन् नेकपा माओवादी केन्द्रबाट सचिवालय सदस्य कुलप्रसाद केसी, महेन्द्रबहादुर शाही, शालिग्राम जम्मकट्टेल, कृष्णध्वज खड्का, राधिका तामाङसहितका नेताहरू प्रदेशसभाको उम्मेदवार बनेका छन् । केसी र खड्का प्रदेश ५ रोल्पाको क्षेत्र १ ‘क’ र प्युठानको क्षेत्र १ ‘ख’ बाट उम्मेदवार छन् । शाही प्रदेश ६ अन्तर्गत कालिकोटको ‘ख’ बाट उम्मेदवार छन् । स्थानीय तहको निर्वाचन परिणामअनुसार माओवादी केन्द्रले प्रदेश मुख्यमन्त्री दाबी गर्ने बलियो सम्भावना देखिएको यो एक मात्र प्रदेश हो जहाँ शाहीलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिए पनि कुनै निर्णय भने गरिएको छैन जम्मकट्टेल प्रदेश ३ अन्तर्गत धादिङको १ ख मा उम्मेदवार बनेका छन् । तामाङ महिलामध्ये पहिलो राज्य मन्त्रीसमेत बनेकी राधिका तामाङ नुवाकोटको १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?