माल्टा र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

लोकपथ
973
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा रसुवा गोसाईकुण्ड गाउँपालिका–१ घर भई ललितपुर गोदावरी नगरपालिका–३ बस्ने ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बुढीनन्दा नगरपालिका–६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–८ बस्ने २८ वर्षीय दिपेश रावत रहेका छन् ।  

पक्राउ मध्ये बिर्खले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ र दिपेशले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिर्खलाई काठमाडौं शंखरापुर नगरपालिका–४ बाट आइतबार र दिपेशलाई काठमाडौं महानगरपालिका–२८ बाट सोमबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?