बाँकेका ६९ फर्म कारबाहीमा, १० लाख जरिवाना असुल

लोकपथ
42
Shares

नेपालगन्ज ।  वाणिज्य, आपूर्ति  तथा उपभोक्ता संरक्षण कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा ६९ वटा व्यावसायिक फर्मलाई कारबाही गरेर  १० लाख ५० हजार जरिवाना गरेको छ ।

सो अवधिमा उक्त कार्यालयका प्रमुख हरिबहादुर खत्रीले इजाजत नलिएको, म्याद गुज्रेका वस्तुको बेचबिखन गरेको, मूल्य सूची नराखेकोलगायत कसुरमा ती फर्मलाई कारबाही गरिएको जानकारी दिए । 

कार्यालयबाट आयात र निर्यातका लागि इजाजत दिने, बजार अनुगमन गर्ने र विद्यालय उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । 

लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम र कर्णाली प्रदेशका सबै जिल्ला गरी १६ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर असर गर्ने गरी उपभोक्ताको अधिकार हनन गर्नेलाई कारबाहीको दायरामा ल्याउन नियामक निकायलाई सुझाव दिएको छ । 

उक्त कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा ४३, आव ०७९/०८० मा ३५  र आव ०८०/०८१ मा १४० फर्मलाई  कारबाही गरेर ३२ लाख ९५ हजार जरिवाना असुल गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?