काठमाडौं । प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु निर्वाचन स्थगित भएको छ ।
क्याम्पस प्रमुख पदमकुमार अधिकारीले सूचना जारी गर्दै क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित भएको जानकारी दिएका छन् ।
क्याम्पस प्रमुख अधिकारीले सूचनामा सरोकारवाला पक्षासँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको उल्लेख गरेका छन् ।
सौहार्दपूर्ण वातावरणमा निर्वाचन भइरहे पनि एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको हो । मध्यराति अखिलले तालाबन्दी गरेर निर्वाचनको वातावरण बिथोलेको कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को आरोप रहेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले हारको मनस्थितिका कारण आरआर क्याम्पसमा स्ववियु निर्वाचन बिथोल्न तालाबन्दी गरेको आरोप लगाएका छन् ।
त्यसो त आरआर क्याम्पसलाई अखिलको किल्ला मानिँदै आइएको छ । हालसम्म स्ववियुमा अखिलले नै आफ्नो कब्जा जमाउँदै आइरहेकोमा पछिल्ला वर्षहरुमा अखिलको प्रभुत्व टुट्दै गएको बताइन्छ ।
नेविसंघले बिहानैदेखि स्ववियु निर्वाचन सुनिश्चितताका लागि प्रदर्शन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया