ट्रम्पले भने- ‘युक्रेन युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता सार्थक भएको छ’

लोकपथ
287
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता सार्थक भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले ट्रुथ सोसियल पोष्टमार्फत युक्रेनमा अमेरिकाले प्रस्ताव गरेको युद्ध विराम प्रस्तावमा रुसी समकक्षी पुटिन सकारात्मक रहेको बताउँदै वार्ता ‘सफल एवं सार्थक’ भएको जनाएका हुन् ।

पुटिन र अमेरिकी दूत स्टीभ विटकोफबीच बिहीबार साँझ मस्कोमा भएको भेटपछि यो प्रगति भएको ट्रम्पले उल्लेख गरेका छन् । त्यस दौरान अमेरिकी दूत स्टीभले सूचना आदान–प्रदानसँगै शान्ति प्रक्रियामा अमेरिकाको संवेदनशील आशावादबारे थाहा दिएको क्रेमलिनले समेत पुष्टि गरेको छ । 

ट्रम्पले भनेका छन्, ‘एक निकै राम्रो मौका मिलेको छ, भयानक खूनी युद्ध अन्ततः अन्त्य हुनसक्छ ।’ तर, हालै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको हालसम्मका गतिविधि र प्रतिक्रियाले रुस अझै युद्ध जारी राख्न खोजिरहेको भन्दै शंका जाहेर गरेका छन् । रुसमाथि उनले युद्ध विराम वार्ता भाँड्न खोजेको तथा युद्ध विराम नचाहेको आरोप समेत लगाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?