युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा

लोकपथ
693
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपीयन युनियनसँग जवाफी आयातकर असुल्ने बताएका छन् । युरोपीयन युनियनले २८.३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफूहरूले पनि ट्यारिफ लगाउने ट्रम्पले उद्घोष गरेका हुन् । 

ट्रम्पले भनेका छन्, ‘हामीसँग जुन सुकै शुल्क लिइन्छ, हामी उनीहरूसँग असुल्नेछौँ ।’ उनले यसै महिनाको सुरुवातमा घोषित गरेको स्टिल, आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपीयन युनियनले जवाफी ब्लकको घोषणा गरेको छ । 

क्यानाडाले समेत कुनै पनि अमेरिकी सामान आयातमा जवाफी उपायको घोषणा गरेको छ । जसमा क्यानाडाले २० बिलियन अमेरिकी डलरमाथिको सामानमा दोहोरो  अंकको ट्यारिफ  लगाउने भनेको छ । 

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले समेत ट्रम्पको आयातकर अडानलाई लिएर आफूहरू सबै विकल्पहरू टेबलमा राखेर बसिरहेको प्रतिक्रिया दिएका छन् । 

भन्सार शुल्क अर्थात् ट्यारिफ ट्रम्पको समग्र आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको छ । उनले यसैबाट अमेरिकी विनिर्माणलाई बढावा दिने र रोजगारी प्रवर्द्धन गर्ने विश्वास लिएका छन् । तर, आलोचकहरू यसले महँगी चुलिने र अमेरिकी उपभोक्ता समेत मारमा पर्ने टिप्पणी गरेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?